fbpx

‘धूम ४’ मा अक्षयको सम्भावना

विराटनगर, २२ कात्तिक । यशराज फिल्म्सको चर्चित सिरिज ‘धूम’ को चौथो पार्ट निर्माण हुने चर्चा निकै पहिलेदेखि नै चलिरहेको छ । ‘धुम ४’ मा बलिउड का चर्चित अभिनेता अक्षय कुमार देखिन लागेको खबर केही दिनयता चर्चाको विषय बनेको छ ।

aa

केहि भारतीय मिडियाहरूले फिल्ममाअक्षयले भिलेनको भूमिका निर्वाह गर्न लागेको खबर उल्लेख गरिएको छ । तर, फिल्ममा अक्षय रहने कुरा सत्य नभएको निर्माण कम्पनी यशराज फिल्म्सले बताइसकेको छ ।

यशराज फिल्म्सले यशराज ब्यानरका लागि ‘धूम’ एक अत्यन्त महत्वपूर्ण प्रोजेक्ट रहेको हुँदा अहिले ‘धूम ४’ का लागि कुनै विचार तथा स्क्रिप्ट नबनेको भएकाले फिल्ममा को हुने को नहुने कुराको विषयमा लेखिएको आर्टिकल विल्कुल गलत र निराधार रहेको खुलासा गरेको छ ।

‘धूम’ को अघिल्ला तीन सिरिजहरू बक्सअफिसमा जबरजस्त व्यापार गर्न सफल भएका थिए । फिल्मको पहिलो सिरिजको भिलेनको रूपमा जोन अब्राहम, दोस्रोमा ऋतिक रोशन र तेस्रोमा आमिर खान दोहोरो भूमिकामा देखिएका थिए ।

दर्शकमाझ यो फिल्मको चौथो सिरिजको लामो समयदेखि प्रतीक्षा भइरहेको छ भने फिल्ममा अक्षय भिलेन हुने चर्चा पनि चल्दै आएको छ । तर, स्क्रिप्ट तयार नभएको कारण फिल्मको निर्माण हुन समय लाग्ने देखिन्छ ।

Loading...