fbpx

इरानमा ५.९ म्याग्नीच्यूडको भूकम्प जाँदा ५ जनाको मृत्यु, १२० घाइते

एजेन्सी, २२ कात्तिक । इरानमा ५.९ म्याग्नीच्यूडको भूकम्प जाँदा ५ जनाको मृत्यु भएको छ भने १ सय २० भन्दा बढी घाइते भएका छन् ।

इरानको उत्तरपश्चिम प्रान्त इस्ट अजरबैजानको तार्क क्षेत्रमा शुक्रबार उक्त भूकम्प गएको थियो । सो भूकम्प स्थानीय समयअनुसार शुक्रबार बिहान २ः१७ बजे गएको थियो । इरानको भूगर्भ विभागका अनुसार यस भूकम्प ५.९ म्याग्नीच्युडको मापन गरिएको थियो ।

भूकम्पबाट कम्तीमा ३० घर क्षतिग्रस्त भएको प्रान्तीय गभर्नर मोहम्मद रेजा पोर्मोहमादीले जानकारी दिए ।

Loading...