fbpx

‘प्रेमगीत ३’को शुभमुहूर्त गरी छायांकन सुरु

काठमाडौं, २२ कात्तिक । यस वर्षको बहु प्रतीक्षित फिल्म ‘प्रेम गीत ३’ को शुभमुर्हत गरी छायांकन सुरु भएको छ । बिहीबार बिहान दक्षिणकाली मन्दिरमा पूजा गर्दै काठमाडौँबाट फिल्मको छायांकन सुरु गरिएको हो ।

aa

फिल्मको छायाङ्कन काठमाडौँ र मनाङ र हुने भएको छ । काठमाडौँमा छायांकन हुने फिल्मको दृश्यहरूका लागि सेट निर्माण गरिएको छ । फिल्मका निर्माता सन्तोष सेनले नेपालमा हुने भिएफएक्सको भर पर्न नसक्ने हँुदा मनाङको स्ट्रक्चरमा काठमाडौँमा सेट निर्माण गरेका छन् । फिल्ममा केही प्रतिशत मात्र भिएफएक्स हुने र बाँकी सबै नेचुरल दृश्य हुने सेनले बताए । फिल्मको लागी सेट निर्माण र अन्य खर्च धेरै भएको कारणले फिल्मको बजेट ३ करोड नाघ्ने उनले थपे ।

आशुसेन फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई निर्देशक छेतन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गर्ने छन् । फिल्ममा दुई सिरिजमा मुख्य भूमिका निर्वाह गरेका अभिनेता प्रदीप खड्का फेरि पनि प्रेमको भूमिकामा रहेका छन् । फिल्ममा उनको बाल्यकालको भूमिकामा बाल अभिनेता अनुभव रेग्मी, पिताको भूमिकामा अभिनेता शिव श्रेष्ठ र भाइको भूमिकामा मनिष राउत रहेका छन् । फिल्ममा प्रदीपको जोडी नव अभिनेत्री क्रिस्टिना गुरुङ खड्कासँग बाँधिएको छ ।

फिल्ममा प्रदीप, क्रिस्टिना, अनुभव, शिव र मनिषका साथै बालकलाकार समृद्धी शाही ठकुरी, भिलेनको भूमिकामा निर्माता सेन, लक्ष्मी बर्देवा, माओत्से गुरुङ, जीवन भट्टराई, जीवन बराल, जोत्सना खत्री, शिशिर राणा तथा सुनिल थापालगायतका कलाकारहरूको अभिनय रहने भएको छ । २ सय वर्ष पुरानो प्रेमकथामा आधारित भएर निर्माण हुने फिल्मलाई नयाँ वर्षको छेको पारेर चैत्र २८ गते रिलिज गरिने भएको छ ।

Loading...