fbpx

फ्राइडे रिलिज : ‘घामड शेरे’ सँग भिड्दै ‘जीवन काँडा कि फूल’

विराटनगर, २२ कात्तिक । फ्राइडे रिलिजअन्तर्गत आजबाट देशभर दुई नेपाली फिल्म ‘घामड शेरे’ र ‘जीवन काँडा कि फूल’ प्रदर्शनमा आएका छन् । हेमराज बिसीको निर्देशनमा तयार भएको फिल्म ‘घामड शेरे’ संग भिड्दै बिनोद बिस्ट निर्देशित फिल्म ‘जीवन काँडा कि फूल’ प्रदर्शनमा आएको हो ।

कमेडी जनरामा आधारित भएर समाज र सिस्टमप्रति व्यंग्य रहेको फिल्म ’घामड शेरे’ मा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काका साथ सुष्मा निरौला र बादल भट्ट, लोकेन्द्र लेखक, सरोज अर्याल, गौरी मल्ल र रोयलगायत कलाकारको अभिनय रहेको छ ।

निश्चल र स्वस्तिमा फिल्म ‘घामड शेरे’ मार्फत पहिलो पटक एकसाथ स्क्रिन सेयर गरेका कारणले पनि फिल्मको दर्शकमा व्यग्र प्रतीक्षा रहेको छ । फिल्मले देशभर ८० भन्द बढी हलमा सोज पाएको निर्माण टिमले बताएको छ ।

साहित्यकार झमक घिमिरेले लेखेको पुस्तक ‘जीवन काँडा कि फूल’ माथि आधारित भएर झमकको बाल्यकालदेखि हालसम्मको भोगेको पीडा र सङ्घर्षलाई फिल्मको माध्यमबाट पर्दामा उतार्न खोजिएको छ । फिल्मको सुरु र अन्त्यमा झमक पनि देखिने भएकी छन् ।

फिल्ममा झमकको बाल्यकालको भूमिकामा अवस्था थापा, ठूला हुँदाको भूमिकामा रोजिता वुद्धचार्य, बहिनीको भूमिकामा सारिका घिमिरे, आमाको भूमिकामा उमा गिरि र बुबाको भूमिकामा अभिनेता किशन सुनाले निभाएका छन् । उक्त फिल्मलाई दुई दर्जन सिंगल थिएटरबाट प्रदर्शनमा आएको निर्माण टिमले जानकारी दिए ।

Loading...