fbpx

वन कार्यालयको मोटरसाइकलमा लागूऔषध तस्करी, अधिकृतका छोरा पक्राउ

विराटनगर, २२ कात्तिक । सरकारी नम्बर प्लेटको मोटरसाइकलमा लागूऔषध तस्करी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर रानीबाट स१ब १४१० नम्बरको मोटरसाइकलमा लागूऔषध तस्करी गरेको आरोपमा सप्तरी राजविराज–२ राजदेब टोलका २६ वर्षी कपिल यादवलाई पक्राउ गरेको हो ।

यादवका बुबा सरकारी सेवामा छन् । बुबाले प्रयोग गर्ने सरकारी मोटरसाइकल लिएर विराटनगर जोगवनी आएका यादवलाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

मोटसाइकल डिभिजन वन कार्यालय उदयपुरको हो । कपिलका बुबा डिभिजन वन कार्यालय उदयपुरका अधिकृत हुन् । प्रहरीले यादवको साथबाट डाईजेल्याब ८ एम्पुल, एभिल ८ एम्पुल र लुपिजेसिक ८ एम्पुल गरी जम्मा २४ एम्पुल अवैध लागूऔषध बरामद गरेको हो । यादवमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...