fbpx

पीएसएलको ‘ड्राफ्ट’मा पाँच नेपाली क्रिकेटर राख्न क्यानको प्रस्ताव

विराटनगर, २२ कात्तिक । नेपाल क्रिकेट संघ (क्यान) ले सिजन २०२० को पाकिस्तान सुपर लिग (पिएसएल) टी–२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको ‘ड्राफ्ट’ मा पाँच नेपाली क्रिकेटर राख्न प्रस्ताव गरेको छ ।

क्यानले आइसीसीमार्फत् पाँच नेपाली खेलाडीलाई पीएसएलको ड्राफ्टमा राख्ने व्यवस्था मिलाउन प्रस्ताव गरेको हो । तीव्र गतिका बलर करण केसी, अलराउन्डर पवन सर्राफ, स्पिनर ललितनारायण राजवंशी, ब्याट्सम्यान मोहमद आरिफ शेख र विकेटिकपर ब्याट्सम्यान विनोद भण्डारीलाई पीएसएलको ड्राफ्टमा राख्न क्यानले प्रस्ताव गरेको हो ।

aaa

क्यानका महासचिव अशोकनाथ प्याकुरेलले आगामी फेब्रुअरीमा पाकिस्तानमा हुने पीएसएलका लागि नेपाली खेलाडीलाई समेत ड्राफ्टमा राख्न आईसीसीमार्फत प्रस्ताव अघि बढाईएको जानकारी दिए । उनका अनुसार खेलाडीहरूको नाम पिएसएलको ड्राफ्टमा सामवेश गर्नका लागि आइसिसीलाई अनुरोध गर्दै पत्र पठाइएको थियो ।

पिएसएलको खेलाडी छनोटका लागि नोभेम्बरको अन्त्यमा ‘ड्राफ्ट’ हुनेछ । ड्राफ्टमार्फत पिएसएलका ६ टिमले खेलाडी आ–आफ्नो टिममा आबद्ध गर्नेछन् । पीसीबीले फेब्रुअरी २० देखि मार्च २२ सम्म पाँचौ संस्करणको पीएसएल सञ्चालन गर्ने तयारी गरेको छ । पिएसएलमा इस्लामावाद युनाइटेड, कराची किङ्ग्स, लाहोर क्वालन्डर्स, मुल्तान सुल्तान्स, पेशावर जल्मी र क्वेटा ग्लाडियर्टसबीच प्रतिस्पर्धा हुनेछ ।

Loading...