fbpx

यसकारण पटक–पटक उमाल्नु हुँदैन दूध

विराटनगर, २२ कात्तिक । दूधलाई राम्ररी उमालेर मात्र प्रयोग गर्नु पर्छ । कहिलेकाँही गाई तथा भैंसीहरू रोगी भएको समयमा तथा तिनीहरूमा टीवीको जिवाणुहरू पाइने तथा वातावरणमा पाइने हानिकारक ब्याक्टेरियाहरू विभिन्न माध्यमबाट दूधमा मिसिने सम्भावना बढी हुने गर्छ ।

अझ दूधमा पानी मिसाउने हुँदा फोहोर पानीले पनि दूधलाई अझ धेरै ब्याक्टेरिया थपिरहेको हुन्छ । त्यस्तो काँचो दूध पिउँदा ब्याक्टेरियाहरू सजिलै शरीरमा सिधै प्रवेश गर्ने भएकाले टीवी तथा अन्य रोगको संक्रमण देखिने सम्भावना बढी पाइएकोले दूधलाई उमालेर मात्र प्रयोग गर्नुपर्छ । दूधलाई राम्रोसँग उमाल्दा त्यसमा भएका सूक्ष्म हानिकारक जीवाणुहरू सबै नष्ट हुन्छन् ।

तर, विभिन्न अनुसन्धानका अनुसार दूधलाई पटक–पटक उमालेर पिउँदा शरीरलाई हानि पुर्याउन सक्छ । दूधमा मानव शरीरलाई चाहिने आवश्यक पोषक तत्त्वहरू प्रशस्त मात्रामा पाइन्छ । दूधमा दाँतदेखि लिएर हड्डीसम्म बलियो बनाउका लागि चाहिने पर्याप्त पोषण तत्त्व हुन्छ । दूधमा प्रोटिन, क्याल्सियम र राइबोफ्लेविन (भिटामिन बी १२), भिटामिन ए, डी र ई सहित फस्फोरस, म्याग्नेसियम, आयोडीन तथा धेरै खनिज र बोसो तथा ऊर्जा पनि हुन्छ ।

बारम्बार दूधलाई उमालेर पिउने गर्दा दूधका अणुहरूको संरचनामा परिवर्तन तथा पोषण तत्वहरू नस्ट हुने भएको कारणले यसले स्वास्थ्यमा विभिन्न क्षति हुने देखिएको छ । पटक–पटकको उच्च तापक्रमले दूधमा पाइने पोशाक तत्वलाई विषाक्त पदार्थमा बदलिन्छ । यसले हामीमा क्यान्सर, हृदयघात तथा मस्तिष्क सम्बन्धि विभिन्न रोगहरूको खतरा उत्पन्न गराउँछ । साथै मानिसको प्रजनन् क्षमतामा र बालबालिकाको मस्तिष्कमा पनि असर गर्दछ ।

त्यसैले दूधलाई ८० डिग्री सेन्टिग्रेडमा उमाल्नु पर्छ र दूधलाई ३ देखि ५ मिनेटभन्दा बढी उमाल्नु हुँदैन । दूध उमाल्ने क्रममा पनि चलाइ राख्नुपर्छ । दूध उम्लेको केही क्षणमै ग्यासबाट उतारेर प्रयोग गर्नुपर्छ वा प्रयोग नभएको खण्डमा एकपटक उमालेपछि फ्रिजमा राख्नुपर्छ ।

Loading...