fbpx

नितेशजंग कुँवरको ‘तिमी’ सार्वजनिक (भिडियोसहित)

विराटनगर, २२ कात्तिक । अहिलेको युवा पुस्तामाझ चर्चित रहेका गायक नितेशजंग कुँवरको नयाँ गीत ‘तिमी’ सार्वजनिक भएको छ । गीतलाई नितेशले आफ्नो औपचारिक युटुब च्यानेलमार्फत सार्वजनिक गरेका हुन् ।

उनले सार्वजनिक गरेको गीतको भिडियो एउटा फोटोसहितको अडियो मात्र रहेको छ । उक्त गीतलाई नितेशले अल्टर फेज २ नामक एल्बममा समावेश गरेका छन् । नितेशकै शब्द तथा संगीत रहेको गीतलाई दिवस गुरुङले निर्माण गरेका हुन् । टिपिकल प्रेम कथामा आधारित रहेको गीतमा प्रेम सम्बन्धमा आउने उतार–चढावको बारेमा वर्णन गरिएको छ ।

Loading...