fbpx

करेन्ट लागेर एक जनाको मृत्यु

झापा २२ कात्तिक । झापामा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ । झापाको अर्जुनधारा नगरपालिका ३ कैजेरेका ५६ वर्षीइ खम्बबहादुर सेन्चुरीको करेन्ट लागेर मृत्यु भएको हो ।

बिहिवार दिउँसो घरमा विद्युतको तार सर्ट भएपछि बनाउने क्रममा उनलाई करेण्ट लागेको थियो । करेण्ट सिकिस्त भएका सेन्चुरीलाई उपचारको लागि शनिश्चरेको शंकर अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

Loading...