fbpx

बसले किचेर सहचालकको मृत्यु

भोजपुर २२ कात्तिक । भोजपुरमा बसले किचेर सहचालकको मृत्यु भएको छ । भोजपुरको ट्याम्केमैयुम गाउँपालिका २ का २४ वर्षीय विकास राईको बसले किचेर मृत्यु भएको हो ।

सदरमुकाम भोजपुरबाट चखेवा चल्ने बा ४ ख ८५५९ नम्बरको बस चखेवामा पार्किङ गरेको र पार्किङ स्थलमा बसको पछाडीको टायरमा ओट लगाउने क्रममा बस पछाडी सर्दा उनलाई किचेको हो । उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Loading...