fbpx

‘बार्सिलोनालाई च्याम्पियन्स लिग जिताए मात्र भाल्भेर्डेको जागिर जोगिन्छ’

एजेन्सी, २२ कात्तिक । ब्राजिलियन लेजेन्ड रिभाल्डोले बार्सिलोनालाई च्याम्पियन्स लिग जिताएमा मात्र क्लबका प्रशिक्षक अर्नेस्टो भाल्भेर्डेको जागिर बच्ने बताएका छन् । एक अन्तर्वार्ताको क्रममा बार्सिलोनाका पूर्वस्टार रिभाल्डोले आफ्नो जागिर बचाउनका लागि क्लबलाई च्याम्पियन्स लिगको उपाधि दिलाउनु पर्ने बताएका हुन् ।

aaa

बार्सिलोनाविरुद्ध आलोचकले तीब्र आलोचना गरिरहेको बताउँदै उनले भाल्भेर्डेलाई क्लबले हटाउन सक्ने बताए । ‘अहिले बार्सिलोना खराब अवस्थाबाट गुज्रिरहेको छ’, उनले भने, ‘आलोचकले तीब्र आलोचना गरिरहेका छन् । प्रशिक्षक भाल्भेर्डेको स्थानान्तरण खोजिरहेका छन् । उनको स्थानमा रोनाल्ड कोइम्यान उपयुक्त विकल्प हुन सक्छन् ।’

‘तर, भाल्भेर्डेले आफ्नो जागिर आफैं बचाउन सक्छन्,’ उनले थपे, ‘उनले आफ्नो जागिर बचाउन च्याम्पियन्स लिगको उपाधि जिताउनु पर्छ । ला लिगाको उपाधिका लागि उनीहरूले प्रतिस्पर्धा गरिरहेका छन् । यदि, भाल्भेर्डेले पुनः एकपटक च्याम्पियन्स लिग गुमाएमा बार्सिलोनाको प्रशिक्षक पद पनि गुमाउँछन् ।’

Loading...