fbpx

पूर्व अर्थ सहायक मन्त्री ज्योती पक्राउ

काठमाण्डौ २२ कात्तिक । पूर्व अर्थ सहायक मन्त्री तथा व्यवसायी रुप ज्योतिलाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाण्डौंले उनलाई बिहीबार बेलुकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको जनाएको छ । हाउजिङका नाममा करोडौँ रुपैयाँ उठाएर ठगी गरेको आरोप उनीमाथि लागेको छ ।

पक्राउ परेका ज्योतीलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको परिसरका प्रवक्ता डीएसपी होमिन्द्र बोगटीले बताए ।

ललितपुर जिल्ला अदालतले मुद्दाको छिनोफानो नभएसम्म ज्योतीलाई पक्राउ नगर्न आदेश दिएकोमा सर्वोच्च अदालतले बिहीबार उनलाई पक्राउ गर्नबाट रोक्न नमिल्ने फैसला गरेको केही समयपछि नै ज्योती पक्राउ परेका हुन् ।

Loading...