fbpx

तामाको झोल : पेटको समस्या देखि क्यान्सरको औषधि

विराटनगर २२ कात्तिक । बाँसको कलिलो मुनालाई तामा भनिन्छ । यसमा भिटामिन बी, ई र ए, नियासिन, रिबोफ्लाभिन, थियामिन, फोलेट, क्याल्सियम, म्याग्नेसियम, जिंक, सोडियम, फोस्फरस, पोटासियम, कप्पर, म्यागानिज र आइरन जस्ता खनिज तत्वहरु प्रसस्त पाइन्छ ।

तामालाई अचार, तरकारी वा जाडोमा तातो पिरो सुपको रुपमा सेवन गर्न सकिन्छ । तामा खादा मुखको स्वाद फेरिनुका साथै यो मानव स्वास्थ्यको लागि अचुक औषधि पनि मानिन्छ । बाँसको कलिलो मुनालाई काटेर स साना टुक्रा बनाएर केहीबेर घाममा सुकाइ बेसार हालेर मोल्ने र त्यसलाई सफा भाडोमा हावा नछिर्ने गरी बन्द गरेर राख्ने ।

तामालाई जति लामो समय राख्ने गर्छौं त्यति नै यसमा अमिलोपन बढ्दै जान्छ । तामामा रहेको क्लोरोफिल, एमिलेज र फ्लोभिन जस्ता फाइटो स्टेरोल्सहरूले शरीरमा क्यान्सर विकास गर्ने तत्वलाई नष्ट गर्ने गर्छ । प्रोटिनको मात्रा भरपुर हुने भएकाले शरीरको प्रतिरोधक क्षमता बढ़ाउनुका साथै स्वास(प्रस्वासका कतिपय समस्याहरूलाई कम गर्न मद्दत गर्छ ।

तामाको नियमित सेवनले पाचन समस्यामालाई पनि हटाउछ । तामामा कार्बोहाइड्रेड र क्यालोरीको मात्रा अत्यन्तै कम हुने कारणले यसको सेवन गर्दा शरीरको बोसो घट्छ र तौल नियन्त्रणमा आउछ । अत्याधिक कोलेस्टेरोल बढेका बिरामी तथा मधुमेह रोगीको लागि पनि तामा निकै फाइदाजनक हुने गर्छ ।

तामाले फोक्सोमा भएको समस्या , मुटु रोग, रक्तचाप, आन्तरिक घाउचोटको समस्यालाई नियन्त्रण गर्न सक्छ । पेटमा ग्यास बढ़ेर पेट फुल्दा, दुख्दा, झाड़ा पखला लाग्दा, अल्सर, आन्ध्राका घाउ तथा पेट सम्बन्धि विभिन्न समस्या तथा पिसाब सम्बन्धि सबै समस्याहरूमा समेत तामाले औषधीको रुपमा काम गर्छ ।

गर्वास्थाको अन्तिम महिनामा तामा खुवाउने गर्दा आमा तथा पेट भित्र रहेको बच्चालाई निकै फाइदा पुग्ने हुदा गर्भबती महिलालाई पनि तामा निकै स्वस्थकर मानिन्छ । तर, रुघाखोकीको समस्या भएको बेलामा, जोरो आउदा, हातखुट्टा तथा जिउ दुख्दा तामाको सेवन भने गर्नु हुदैन । यसले समस्यालाई अझ बल्झाउने काम गर्न सक्छ ।

Loading...