fbpx

विवाहित कैदीले जेलमै सहवास पाउने

काठमाडौं २२ कात्तिक । पति वा पत्नी जेलमा रहेपनि दम्पतीले सन्तान सुख प्राप्त गर्ने भएका छन् । पति वा पत्नी कोही कैदी जीवन बिताउँदै रहेको अवस्थामा पनि जेलमा गएर सहवास गर्न पाउने गरि विधेयक तयार भएको छ ।

विधेयकमा महिला कैदी गर्भवती भए ६० दिन घरबिदा समेत दिने उल्लेख छ । कान्तिपुर दैनिकमा छापिएको खबरमा सुत्केरी हुँदा महिला कैदीले दुई महिना परिवारसँग समय बिताउन पाउने उल्लेख छ । सरकारले यी दुई व्यवस्थासहित कारागार ऐन संशोधन विधेयक तयार पारेको छ ।

कारागार ऐन २०१९ संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदको हिउँदे अधिवेशनमा पेश गर्ने तयारी सकारको छ । २८ चैत्र २०८६ मा सर्वाेच्च अदालतका तत्कालीन न्यायाधीश बलराम केसी र गिरीशचन्द्र लालको इजलासले कारागारमा वैध दम्पतीबीच प्रजनन अधिकार सुनिश्चित गर्न सरकारलाई आदेश दिएको थियो । आदेश भएको ८ वर्षपछि ऐन संसोधन गरेर कार्यान्वयनमा ल्याउन लागिएको छ ।

Loading...