fbpx

स्कुल बसको ठक्करबाट महिलाको मृत्यु

उदयपुर २१ कात्तिक । उदयपुरमा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका ७ मा स्कुल बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो ।

बिहीबार बिहान ९ बजे बेल्टारबाट वीरेन्द्र बजार जाँदै गरेको स्थानीय पारुहाङ एकेडेमीको ना ४ ख ८१३४ नम्बरको बसले ठक्कर दिँदा ६० वर्षीया नम्रता थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाटोमा हिडिरहेकी चौदण्डीगढी ८ की थापालाई बसले ठक्कर दिंदा घाइते भएकी थिइन् ।

उनको उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र बेल्टार लगिएको थियो । स्वास्थ्य केन्द्र पुर्याउनसाथ उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Loading...