fbpx

पर्यटन प्रवर्द्धन लागि विराटनगर जेसिसले मोटरसाइकल र्‍याली गर्ने

विराटनगर, २१ कात्तिक । जेसिस विराटनगरले पर्यटन वर्ष २०२० को प्रवर्द्धनका लागि मोटरसाइकल र्‍याली गर्ने भएको छ । विराटनगर जेसिसले साताव्यापी कार्याक्रम अन्तरगत शनिबार विराटनगरदेखि भेडेटारसम्म मोटरसाइकल र्‍याली गर्ने भएको हो ।

बिहीबार पत्रकार सम्मेलन गर्दै विराटनगर जेसिसले साप्ताहिक कार्यक्रम अन्तरगत निकालिने र्‍यालीमा ५० वटा मोटरसाइकल प्रयोग हुने बताएको छ ।

जेसिस विराटनगर स्थापना भएको ४६ वर्ष पुरा गरेको अवसरमा जेसिसले साप्ताहिक कार्यक्रम गर्ने तयारी गरेको जेसिस विराटनगरका अध्यक्ष सेवक बजगाईले बताए ।

जेसिसले आइतबार स्टेशनेरी सामाग्री वितरण गर्ने, सोमबार क्यासलेस समाज निर्माणका लागि अन्तक्रिया गर्ने, मंगलबार ट्राफिक सचेतना जगाउने, बुधबार अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप गर्ने, बिहीबार ब्यावसायीक तालिम सञ्चालन गर्ने र शुक्रबार कार्यक्रम समापन गर्ने कार्यक्रम संयोजक उज्वल खरेलले बताए ।

Loading...