fbpx

अतिक्रमण अस्वीकार्यता भएको भन्दै देउवाले गरे भारतीय राजदुतलाई फोन

काठमाडौं २१ कात्तिक । नेपाली भूमीलाई भारतको नयाँ नक्सामा देखाएको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका लागि भारतीय राजदुत मञ्जिभ सिंह पुरीलाई फोन गरि आपत्ति जनाएका छन् । फोन सम्बादका क्रममा नेपाली कांग्रेसका सभापति देउवाले नेपाली भूमिमाथि हुने अतिक्रमण अस्वीकार्य भएको बताए ।

कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि भएको भन्दै उनले भारतले जारी गरेको नक्साप्रति आपत्ति जनाएका हुन् ।

बिहीबार भएको फोन सम्बादमा देउवाले राजदूत पुरीलाई कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको स्मरण समेत गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । कांग्रेसले यसबारे साझा मत बनाउन र त्यसअनुसार कूटनीतिक माध्यमद्वारा समाधान खोज्न पनि सरकारलाई आग्रह गरेको उनले बताए ।

Loading...