fbpx

सजाय भुक्तान गर्न बाँकी ३ जना पक्राउ

विराटनगर २१ कात्तिक । विभिन्न मुद्धा सजाय सुनाइएका फरार तीन जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

चोरी, सबारी ज्यान मुद्धा र विना इजाजत वन पैदावर ओसारपसार मुद्दामा विभिन्न समयमा भएको अदालतको फैसला सजाय भुक्तानका लागि उनीहरुलाई पक्राउ गरिएको हो ।

चोरी मुद्दामा १ महिना कैद र ७ हजार ५ सय जरिवाना सजाय भई हालसम्म फरार रहेका जिल्ला विराटनगर ११ का २८ वर्षीय भरत मुखियालाई प्रहरीले पक्राउ गरेको हो । यस्तै सवारी ज्यान मुद्धाका फरार प्रतिबादी जिल्ला मोरङ्ग लेटाङ्ग ८ का भीमबहादुर सार्की जाँतेबाट खटिएको गस्ती टोलीले पक्राउ गरेको छ ।

जिल्ला अदालत मोरङको फैसलाले विना इजाजत वन पैदावर ओसारपसार मुद्दामा १ महिना १५ दिन र ८ हजार २ सय ४९ रूपैया जरिवाना तोकिएका सेमन्त दाहाललाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सबैलाई जिल्ला अदातल मोरङमा बुझाइएको छ ।

Loading...