fbpx

भारतको जवाफ- ‘नेपाली भुभाग मिचेको छैन्’

काठमाडौं २१ कात्तिक । भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपाली भुभाग पर्ने गरि सीमा हेरफेर नगरिएको दाबी गरेको छ । नयाँ नक्सामा नेपाली भूभाग परेको नेपालको दाबीलाई उसले अस्वीकार गरेको हो। नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नगरेको भारतको दाबी छ ।

भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा भारतको नयाँ नक्सालाई लिएर नेपालमा व्यापक विरोध भएको तथा एकपक्षीय निर्णय नेपाललाई अस्वीकार्य भएको विज्ञप्ती आएपछि आधिकारिक धारणा मागिएको थियो ।

मन्त्रालयका प्रवक्ता रविशकुमारले नयाँ नक्सामा भारतको सम्प्रभू क्षेत्रलाई देखाइएको भन्दै नक्सामा सीमा हेरफेर नगरिएको प्रतिकृया दिए । तर नेपालसँगको सीमा विवादबारे दुई देशको संयन्त्रमार्फत समाधान गर्न सकिने उनले भनाई छ ।

५७ वर्षदेखि अतिक्रमण गरेको नेपालको भुभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतीय भूभागका रुपमा नयाँ नक्सामा देखाइएको छ । यो विषयमा चौतर्फी चर्को विरोध भएपछि सरकारले विज्ञप्ति जारी गर्दै भारतले एकपक्षीय रुपमा जारी गरेको नक्सा स्वीकार्य नभएको बताएको थियो ।

Loading...