fbpx

पहिलो हाफमा नेपालविरुद्ध म्यानमारलाई २-० गोलको अग्रता

विराटनगर, २१ कात्तिक । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अहिले नेपालले म्यानमारविरुद्ध खेलिरहेको छ । म्यानमारको मन्डला थिरी स्टेडियमा जारी उक्त खेलको पहिलो हाफमा नेपालविरुद्ध म्यानमारले अग्रता बनाएको छ ।

घरेलु टोलीले पहिलो हाफमा नेपालविरुद्ध २–० गोलले पछि परेको हो । खेलको तेस्रो मिनेटमै म्यानमारले फ्रिकिक बलमा हेड गोल गर्दै सुरुआती अग्रता बनाएको थियो । यस्तै पहिलोहाफको अन्तिम समयमा म्यानमारले गोल गर्दै आफ्नो अग्रता दाेब्बर बनायो ।

सन् २०२२ को कतार फिफा विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्धको खेलअघि नेपालले म्यानमारसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

Loading...