fbpx

भयो कार्तिक र साराको ब्रेकअप

विराटनगर, २१ कात्तिक । फिल्मका अभिनेता तथा अभिनेत्रीबीच प्रेम सम्बन्ध रहेको, उनीहरूको ब्रेकअप तथा प्याचअपको समाचार खासै नौलो होइन । सेलिब्रिटीहरू बीच कतिबेला सम्बन्ध जोडिने र कतिबेला छुट्टिने कुनै टुंगो भने हुँदैन ।

सम्बन्ध छुट्ने क्रममा बलिउडका चर्चित अभिनेता कार्तिक आर्यन र अभिनेता सैफ अली खानका छोरी अभिनेता सारा अली खानको ब्रेक अप भएको खबर सार्वजनिक भएको छ । केही समय अघिदेखि मात्र कार्तिक आर्यन र सारा अली खानबीचका प्रेमका किस्साहरूले निकै चर्चामा रहेका थिए ।

राम्रो अभिनयका कारण चर्चामा रहेकी बलिउडमा पछिल्लो समय साराले मिडियामा आफूलाई अभिनेता कार्तिक आर्यन अत्यन्तै मन पर्ने हुँदा उनीसँग डेट जाने चाहना रहेको बताएकी थिइन् । उक्त कुरा मिडियामा आएको केहि समयपछि नै कार्तिकले उनलाई प्रेम प्रस्ताव राखे र दुवै प्रेम सम्बन्धमा खुशी खुशी गासिए । केही समयको साथपछि अहिले यो जोडी छुट्टिएर आ–आफ्नो बाटो लाग्ने निर्णय गरेका छन् ।

उनीहरूले आफूबीच रहेको प्रेम सम्बन्धभन्दा पनि आफ्नो फिल्मी करियरमै फोकस हुने कारण राख्दै ब्रेकअप गरेका हुन् । भारतीय मिडियाहरूका अनुसार सारासंगको प्रेम छुटिएपछि अचेल कार्तिक आर्यनलाई चंकी पाण्डेकी छोरी अनन्या पाण्डेको साथमा घुमफिर गर्दै गरेको भेटिएको दाबी गरेको छ ।

Loading...