fbpx

पहिलो हाफमा गोर्खा ब्वाइज रुपेन्देही र चर्च ब्वाइज काठमाडौंको बराबरी

विराटनगर २१ कात्तिक । झापाको विर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप प्रतियोगिताअन्तर्गत आज बिहीबार चौथो क्वार्टरफाइनल खेल भइरहेको छ । अहिले जारी सो खेलमा गोर्खा ब्वाइज रुपेन्देही र चर्च ब्वाइज काठमाडौंले प्रतिस्पर्धा गरिरहेका छन् ।

डोमालाल राजवंशी रंगाशालामा जारी प्रतियोगिताको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका छन् । यी दुई क्लब सेमिफाइनल पुग्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन् । यस खेलको विजेता टोलीले सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिसको सामना गर्नुपर्नेछ ।

अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६, विर्तामोड झापा,Gorkha Boys Rupendehi (GBSC) Vs Church Boys Kathmandu (CBU)Third Quarter Final GameLive from Domalal Rajbanshi Stadium, Birtamod, Jhapa

Posted by Koshi Online on Thursday, November 7, 2019

Loading...