fbpx

अन्नपूर्ण हाम्रो गोल्डकप : गोर्खा ब्वाइज रुपेन्देही र चर्च ब्वाइज काठमाडौं भिड्दै (प्रत्यक्ष प्रसारण)

विराटनगर २१ कात्तिक । झापाको विर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप प्रतियोगिताअन्तर्गत आज बिहीबार चौथो क्वार्टरफाइनल खेल भइरहेको छ । अहिले जारी सो खेलमा गोर्खा ब्वाइज रुपेन्देही र चर्च ब्वाइज काठमाडौंले प्रतिस्पर्धा गरिरहेका छन् ।

डोमालाल राजवंशी रंगाशालामा जारी प्रतियोगितामा यी दुई क्लब सेमिफाइनल पुग्ने लक्ष्यसहित मैदानमा उत्रिनेछन् । यस खेलको विजेता टोलीले सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिसको सामना गर्नुपर्नेछ ।

यसअघि नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र भारतीय टोली सिक्किम आक्रामक क्लबले सेमिफाइनलमा स्थान बनाइसकेका छन् । विभागीय टोली सशस्त्र प्रहरीको एपीएफलाई हराउँदै पुलिसले सेमिफाइनलमा स्थान बनाएको हो भने सिक्किमले बेलबारी ११ लाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । यस्तै विभागीय टोली त्रिभूवन आर्मी क्लबले भारतको आसामिस क्लब मोलवेविरुद्ध जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

जायन स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल कात्तिक २५ गते हुने छ । प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार रुपैयाँ र उपविजेताले ६ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६, विर्तामोड झापा,Gorkha Boys Rupendehi (GBSC) Vs Church Boys Kathmandu (CBU)Third Quarter Final GameLive from Domalal Rajbanshi Stadium, Birtamod, Jhapa

Posted by Koshi Online on Thursday, November 7, 2019

Loading...