fbpx

हरर फिल्ममा दीपिका

विराटनगर, २१ कात्तिक । बलिउडकी चर्चित नायिका दीपिका पादुकोणले नयाँ फिल्म साइन गरेकी छन् । एक हरर जनरामा आधारित भएर फिल्म निर्माण हुने भएको छ । फिल्मको नाम ‘अरुन्धती’ जुराइएको छ ।

दीपिकाको मुख्य अभिनय रहने फिल्म अनुष्का शेट्टीको तेलुगू भाषामा बनेको फिल्म ‘अरुन्धती’ को हिन्दी रिमेक हुनेछ । दीपिकाले पहिलो पटक हरर जनराको फिल्ममा काम गर्न लागेकी हुन् । थ्रिलर र मिस्ट्रीले भरिएको फिल्ममा एक युवती आफ्नो जीवनमा पहिलो पटक आफू जन्मिएको ठाउँमा जाँदा उनलाई आफू निकै हदसम्म जिजु आमाजस्तै देखिन थालेको महशुस हुन्छ ।

त्यसपछि उनले कालो जादू र तन्त्र मन्त्रको सहयोगले त्यो दुनियाँमा पाइला राख्छिन् । फिल्मको हिन्दी रिमेकको राइट्स खरिद गरिसकिएको छ । यस अघि फिल्मको बंगाली रिमेक बनिसकेको छ । दीपिकाले चाँडै आफ्ना श्रीमान् तथा अभिनेता रणवीर सिंहको श्रीमतीको रुपमा फिल्म ‘८३’ मा देखिँदैछिन् ।

विवाहपछि उनले एसिड आक्रमणमा परेको युवतीको जीवनीमा आधारित फिल्म ‘छपाक’ को छायांकन सकाइ सकेकी छन् ।

Loading...