birat ribon

महिला हत्यामा संलग्न पुरुषलाई १७ वर्षपछि मृत्युदण्ड

Neuro
महिला हत्यामा संलग्न पुरुषलाई १७ वर्षपछि मृत्युदण्ड

टेक्सास, २१ कात्तिक । अमेरिकामा महिला हत्यामा संलग्न पुरुषलाई १७ वर्षपछि मृत्युदण्ड दिइएको छ ।अमेरिकाको टेक्सास राज्यमा बुधबार एक गोरा अतिवादी ३८ वर्षीय जस्टेन हललाई मृत्युदण्ड दिइएको हो ।

cura insider

टेक्सासको एल पासो नजिक सन् २००२ मा एक २९ वर्षीया महिलाको हत्यामा दोषी ठहरिएका उनलाई मृत्युदण्ड दिइएको जेल अधिकारीले बताएका छन् । अभियुक्त हलले न्यू मेक्सिको नजिकको मरुभूमिमा ती हत्या गरिएकी महिलाको शव गाडेका थिए ।

“आर्यन सर्कल” नामको समूह (ग्याङ) ले चलाएको लागूऔषध उत्पादन प्रयोगशालाका बारेमा प्रहरीलाई खबर दिने धम्की दिएपछि हलले ती महिलाको हत्या गरेको सरकारी वकीलले बताएका छन् । हलका वकीलहरुले मानसिक अस्वस्थताका कारण हलले ती महिलाको हत्या गरेको भन्दै माफी दिन अदालतसमक्ष पटकपटक आग्रह गरेका थिए, तर हल स्वयंले सन् २०१७ मा अदालतमा पुनः सुनुवाईका लागि आवेदन नगर्न वकीलहरुलाई आग्रह गरेका थिए ।

संयुक्तराज्य अमेरिकामा यसै वर्ष मृत्युदण्ड दिइएका हल १९औं व्यक्ति हुन् र तीमध्ये आठ जनालाई टेक्सासमा मृत्युदण्ड दिइएको छ । रासस

jackson ribon