fbpx

परफ्युमको प्रयोग कहाँ गर्ने र कहाँ नगर्ने ?

विराटनगर, २१ कात्तिक । घरबाट बाहिर निस्किनु अघि अधिकांश मानिसहरू सधैँ विभिन्न ब्रान्डका सुगन्धित परफ्युमहरूको प्रयोग गर्छन् । पसिनाला कारणले शरीरमा आउने गन्ध, पुराना र धुन नभ्याएका कपडाबाट आउने दुर्गन्धलाई कम गर्नका लागि, सुगन्धित भएर आत्मविश्वास बढाउनका लागि तथा अरुलाई आफूतपÞर्m आकर्षक गर्नका लागि परफ्युमको प्रयोग गरिन्छ ।

बजारमा विभिन्न ब्रान्डका सस्तोदेखि लिएर अत्यधिक महँगो बास्नादार परफ्युम तथा बडी स्प्रे सजिलै उपलब्ध छन् । परफ्युम तथा बडी स्प्रेहरूलाई काखी, जिउ, नाडी, कान, गला तथा कहिलेकाँही पूरै जिउमा छर्ने गरिन्छ । यस्ता ठाउँमा लगाएको परफ्युमले धेरै बेरसम्म बास्ना आउने धेरैजसोको धारणा रहेको हुन्छ । तर, परफ्युमलाई शरीरको जुनपायो त्यही अंग तथा लुगाहरूमा लगाउनु हुँदैन ।

परफ्युममा धेरै प्रकारको केमिकल राखेर बनाइएको हुँदा यसले शरीर तथा लुगामा नकारात्मक असर ल्याउन सक्छ । र, मानव शरीरका विभिन्न अंगहरू निकै संवेदशील हुन्छ । शरीरका जुनसुकै भागमा पनि परफ्युमको प्रयोग गर्नु घातक हुन सक्छ । परफ्युममा धेरै मात्रामा अल्कोहलको प्रयोग भएको हुन्छ । हामीले बिर्सेर पनि परफ्युमलाई सिधै काखीमूनी, कपालमा, कानको पछाडी, प्राइभेट पार्टको छेउछाउ तथा कपडामा प्रयोग गर्नु हुँदैन ।

कपालमा परफ्युमको प्रयोगले कपाल सुख्खा भएर टुक्रिएर झर्ने, काखीमूनी र कान पछाडी रहेको छाला एकदम संवेदनशील हुने भएकाले परफ्युमको प्रयोगले चिलाउने, पोल्ने, इन्फेक्सन भएर सानु सानु घाउ, खटिरा पनि आउन सक्छ । परफ्युम सुख्खाभन्दा पनि चिल्लो छालामा धेरै बेर टिक्ने हुन्छ ।

परफ्युममा भएको केमिकल र अल्कोहलले त्यस भागको छालालाई झनै धेरै सुख्खा बनाउने काम गर्छ । धेरैजसोले कानको पछाडि परफ्युमको प्रयोग गर्ने गर्छन् । काखीमुनि र कानको पछाडिको भाग अति संवेदनशील र सुख्खा हुने भाग हो त्यसैले यस्ता ठाउँमा परफ्युम लगाउनु अगाडि मोस्चराइजरको प्रयोग गर्नुपर्छ ।

कपडा गनाएको भन्दैमा यसरी कपडामा परफ्युमको प्रयोगले उक्त कपडामा खराबी आउने गर्छ र लुगा छिट्टै च्यातिने गर्छ । हातको नाडीमा परफ्युमको प्रयोग गर्नाले परफ्युम दिनभरि टिक्ने गर्छ । नुहाउनेबित्तिकै शरीर पुछेर बडिलोशनको प्रयोग गरेपछि मात्र परफ्युमको प्रयोग गर्नु पर्छ । यसरी गर्दा परफ्युम लामो समयसम्म टिक्नुका साथ साथै यसरी प्रयोग गर्दा छाला स्वस्थ रही पसिना गन्हाउने समस्याको पनि समाधान हुन्छ ।

Loading...