fbpx

विप्वल समूहले भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाउने

काठमाडौं, २१ कात्तिक । भारतको नयाँ नक्सामा नेपालको भू–भाग परेपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टीले भारतीय प्रधानमन्त्रीको पुत्ला दहन गर्ने चेतावनी दिएको छ ।

भारतीय नक्सामा नेपाली भूमि परेपछि संघर्षको कार्यक्रम सार्वजनिक गरेको विप्लव समूहले एक हप्ते संघर्षका कार्यक्रमअन्तर्गत मोदीको पुत्ला दोहन गर्ने चेतावनी दिएको हो । भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग परेको छ ।

विप्लव समूहका महासचिव विप्लवले बुधबार विज्ञप्तिमा जारी गर्दै एक हप्ते संघर्षका कार्यक्रमअन्तर्गत २६ कात्तिक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गर्ने बताइएको छ । विप्लव समूहले सार्वजनिक गरेको विज्ञप्तिमा कात्तिक २१ गते मसाल जुलुस, २२ गते कोणसभा, २३ गते भारतीय दूतावासमा ज्ञापनपत्र, २४ गते अतिक्रमित भारतीय नक्सा जलाउने, २५ गते प्रदर्शन गर्ने र कात्तिक २७ गते संयुक्त राष्ट्र संघको नेपालस्थित कार्यालयमा विरोध गर्ने पत्रमा उल्लेख छ ।

Loading...