fbpx

‘सब्सिच्यूट’ भएपछि सार्रीसँग रिसाए रोनाल्डो

एजेन्सी, २१ कात्तिक । पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डो युरोपियन च्याम्पियन्स लिगअन्तर्गत रसियन क्लब लोकोमोटिभ मस्कोविरुद्धको सब्सिच्यूट भएको भन्दै प्रशिक्षकसँग रुष्ट बनेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रोनाल्डोले उक्त खेलमा आफू सब्सिच्यूट भएको भन्दै प्रशिक्षक माउरिजयो सार्रीविरुद्ध रिसाएका हुन् ।

aaa

च्याम्पियन्स लिगमा उपाधि दाबेदार मानिएको क्लब युभेन्टसले बुधबार राति भएको समूह चरणको चौथो खेलमा जित निकालेको हो । मस्कोको मैदानमा भएको उक्त खेलमा उसले २–१ गोलको जित निकालेको हो । युभेन्टसलाई जिताउन आरोन राम्से र डग्लस कोस्टाले समान एक–एक गोल गरेका थिए । यता, मस्कोका लागि अलेक्सेइ मिरान्चुकले एक गोल लगाए ।

उक्त खेलको ८२औं मिनेटमा प्रशिक्षक सार्रीले उनलाई सब्सिच्यूट गर्दै उनको स्थानमा स्टार खेलाडी पाउलो डेबालालाई मैदान प्रवेश गराएका थिए । त्यसपछि मैदानबाहिर निस्किँदै गर्दा रोनाल्डो सार्रीसँग रुष्ट बन्दै निस्किएको चर्चित खेल पोर्टल ‘गोल डटकम’ले जनाएको छ । रोनाल्डो प्रशिक्षक सामु खेल मैदान छाड्नुपर्दा रिसाएको भावमा देखिएका थिए ।

च्याम्पियन्स लिगमा सन् २०१६ पछि रोनाल्डोले ९० मिनेटभन्दा अगाडि नै मैदान छोडेको यो पहिलो पटक हो । २०१६ को फेब्रअरीपछि उनले च्याम्पियन्स लिगमा निर्धारित समयसम्म खेल खेलका छन् । मैदान छोडेर बेन्चतर्फ जाँदै गर्दा उनी रिसालु भावमा देखिन्थे । सो समय खेलको नतिजा १–१ गोलको बराबरी थियो ।

तर, प्रशिक्षकले भने सामान्य चोट रहेको कारण उनलाई आराम दिन भन्दै स्थानान्तरण गरेको जनाएका छन् । घुँडामा सामान्य समस्या रहेको भन्दै सार्रीले रोनाल्डोलाई स्थानान्तरण गरेको खेलपछि पत्रकार सम्मेलनमा बताए । ‘रोनाल्डो मसँग रिसाएका थिए किनकी’, उनले भने, ‘उनी पूर्णरूपमा फिट थिएनन् । केही दिनअघि पनि मैले उनको स्वास्थ्य अवस्था हेरेर आराम गर्न दिएको थिएँ ।’

aa

‘पहिलो हाफको अन्त्यमा पनि उनी नर्भस भएको मैले देखेको थिएँ,’ उनले थपे, ‘म धेरै डराएँ र उनलाई बाहिर बोलाएँ । तर, यसले उनलाई दुःख लाग्यो होला ।’

उक्त खेलमा युभेन्टसले ते्रसो मिनेटदेखि सुरुआती अग्रता बनाएको थियो । राम्सेले खेलको तेस्रो मिनेटमा गोल गर्दै युभेन्टसलाई सुरुआती अग्रता दिलाए । तर, खेलको १२औं मिनेटमा मस्कोका मिरान्चुकले गोल गर्दै टोलीलाई बराबरीमा फर्काए ।

पहिलो हाफ १–१ गोलको बराबरीमा बितेको उक्त खेलको इन्जुरी समयमा गोल गर्दै युभेन्टसले बाजी मारेको हो । ९३औं मिनेटमा कोस्टाले गोल गर्दै टोलीलाई २–१ गोलको जित दिलाएका हुन् । यस जितसँगै उसले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । युभेन्ट्स च्याम्पियन्स लिगमा मात्र नभएर युरोपका शीर्ष पाँच लिगमध्येकै अपराजित टोली हो ।

उसले च्याम्पियन्स लिगमा ४ खेलमध्ये ३ खेलमा जित र एक खेलमा बराबरी खेलेको छ । समूह ‘डी’को शीर्ष स्थानमा रहेको उसले १० अंक बनाएको छ । यता, पराजित लोकोमोटिभ मस्को भने सो समूहको तेस्रो स्थानको टोली हो । उसले समान ४ खेलबाट १ खेलमा जित र ३ खेलमा पराजय ब्यहोर्दै ३ अंक बनाएको छ । सो समूहको दोस्रो स्थानमा भने स्पेनिस क्लब एथ्लेटिको मड्रिड छ । एथ्लेटिकोसँग ७ अंक छ ।

Loading...