fbpx

निर्वाचन अधिकृतको कार्यालय नजिक बम विस्फोट

पोखरा, २१ कात्तिक । कास्कीको पोखरास्थित राष्ट्रबैंक चोकनजिकै बम विस्फोट भएको छ । कास्कीको मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रबैंक चोक नजिकै बिहीबार बिहान बम विस्फोट भएको हो ।

उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराउने दिन आज मुख्य निर्वाचन अधिकृतको कार्यालयनजिकै बम विस्फोट भएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार निर्वाचन कार्यालयसँगै रहेको निर्माणाधीन टुरिस्ट बसपार्कमा बम विस्फोट भएको हो ।

प्रहरीका अनुसार विस्फोटबाट कुनै मानवीय क्षति भएको छैन । थप जानकारी भने आउन बाँकी छ ।

 

Loading...