fbpx

मधुमेह भएकाले गर्न हुने तथा नहुने कुराहरू यस्ता छन्

विराटनगर, २१ कात्तिक । रोग लागेको मानिसहरूले खानेकुरामा लापरवाही गरेमा अझ रोग बल्झिन सक्छ । खानपानको गडबडीका कारण रोग झन् बल्झिन सक्ने हुँदा मधुमेहका बिरामीले आफ्नो स्वास्थ्यको निकै ख्याल गर्नु पर्ने हुन्छ ।

नेपालमा मात्रै अहिले २५ लाखभन्दा बढी मानिसमा मधुमेह भएको अनुमान गरिएको छ । मानिसको बढ्दो व्यस्तता, जीवनशैलीमा आएको परिर्वतन, खानपानमा ध्यान नदिएका कारण नेपालमा मधुमेहका बिरामीको संख्या वृद्धि हुँदै गएको चिकित्सकहरूको भनाइ रहेको छ ।

मुखको क्षणिक स्वादका कारणले जीवनभर पछुताउनुभन्दा खानामा ख्याल गर्नु नै बुद्धिमानी हुन्छ । मधुमेहका रोगीले विभिन्न खाना खान छोड्नुभन्दा पनि रगतमा चिनीको मात्रा छिटो बढाउने खाना नखानु नै उपयुक्त हुने गर्छ । मधुमेहको बिरामीहरूलाई केही खाने कुरा निश्चित परिमाणमा खाँदा खासै शरीरमा असर परि हाल्दैन ।

मधुमेह एक दीर्घकालीन स्वास्थ्य समस्या भएको हुँदा यसलाई समय समयमा उचित आहारको सन्तुलन, ठिक्क ब्यायाम गरेर मिलाएर कम गर्न सकिन्छ । सरल जीवनशैलीसँगै व्यायाम, सन्तुलित भोजन र एन्टिआक्सिडन्टले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्न सकिन्छ ।

मधुमेह भएको बेलामा गर्नु हुने

  • समयमा खाना खाने
  • औषधिहरू नियमित खाने
  • खुट्टा सफा र सुक्खा राख्ने
  • शारीरिक रुपमा सक्रिय हुने, व्यायाम गर्ने
  • कम्तिमा पनि वर्षको एक पटक पूरै शरीरको स्वास्थ्य परीक्षण गर्ने

मधुमेह हुँदा गर्न नहुने

  • एकै पटकमा धेरै खाना नखाने
  • खाना नखाने, वा ढिलो गरि खाना नखाने
  • खाली खुट्टा नहिँड्ने
  • एकदम कसिलो जुत्ता नलगाउने
  • रक्सी, चुरोट र सूर्तीजन्य पदार्थहरूको सेवन नगर्ने
Loading...