fbpx

स्कुल बसको ठक्करबाट ६० वर्षीया पैदल यात्रीको मृत्यु

उदयपुर, २१ कात्तिक । उदयपुरमा स्कुल बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका–७ मा स्कुल बसको ठक्करबाट ६० वर्षीया नम्रता थापाको मृत्यु भएको हो ।

बिहीबार बिहान ९ बजेको समयमा बेल्टारबाट वीरेन्द्र बजारतर्फ जाँदै गरेको स्थानीय पारुहाङ एकेडेमीको ना४ख ८१३४ नम्बरको बसले बाटोमा हिँडिरहेकी पैदल यात्री चौदण्डीगढी नगरपालिका–८ की थापाको मृत्यु भएको हो ।

उक्त बसको ठक्करबाट घाइते भएकी थापालई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बेल्टार लगिएकोमा स्वास्थ्य केन्द्र र्पुयाउना साथ मृत्यु भएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । बस र बस चालक उक्त कार्यालयको नियन्त्रणमा रहेको छ ।

Loading...