fbpx

इमर्जिङ कप खेल्ने नेपाली टोली घोषणा, पूर्वकप्तान पारस र सन्दीप टोलीबाहिर

काठमाडौं, २१ कात्तिक । नेपाल क्रिकेट संघ क्यानले बंगलादेशमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । क्यानले बुधबार राति इमर्जिङ एसिया कप खेल्ने १५ सदस्सीय नेपाली टिमको घोषणा गरेको हो ।

क्यानले घोषणा गरेको उक्त टोलीको कप्तानी नवनियुक्त कप्तान ज्ञानेन्द्र मल्लले गर्नेछन् । तर, निर्वतमान कप्तान पारस खड्का भने टोलीमा परेका छन् । पारसका साथै नेपाली लेग स्पीनर सन्दीप लामिछाने पनि टोलीमा अटाएका छैनन् ।

पारस र सन्दीप टी–१० क्रिकेटको कारण टोलीमा नपरेका हुन् । युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने टी–१० लिगमा युएईमा आयोजना हुने टी–१० मा ३२ वर्षीय पारसले आबु धाबीबाट खेल्ने छन् भने सन्दीप कर्नाटका टुसकेर्सबाट खेल्ने छन् ।

एसीसी इमर्जिङ टिम्स एसिया कप भने नोभेम्बर १२ देखि २४ सम्म हुनेछ । यस प्रतियोगितामा टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङले खेल्ने छन् ।

aaa

Loading...