fbpx

यस्ता छन् केराको बुङ्गोको फाइदाहरू

विराटनगर, २१ कात्तिक । स्वास्थ्यका लागि निकै उपयोगी मानिने केरामा प्रशस्त मात्रामा सुगर र फाइबर पाइनुका साथै थाइमिन, नियासिन र फोलिक एसिडको रूपमा भिटामिन ‘ए’ र ‘बी’ पर्याप्त मात्रामा पाइन्छ । केराको फलका साथ साथै पात, डाँठ र यसको फूलसमेत स्वास्थयका लागि निकै उपयोगी हुने गर्छन् ।

केराको फूल मानव स्वास्थ्यका लागि उपयोगी हुन्छ । केराको फूललाई केहि न केहि तरिकाले नियमित खाँदा प्याथोजेनिक व्याक्टेरियाबाट शरिरलाई बचाएर धेरै किसिमका रोगविरुद्ध लड्ने क्षमता राख्ने गर्छ ।

aa

एक अध्ययनले केराको फूल र स्यूडोस्टेममा एंटीडायबेटिक, एन्टि अक्सिडेन्ट र एन्टिएजीइङ गुणहरू पाइने पत्ता लगाएको छ । फूलहरूमा पाइने यस्ता गुणहरूले फ्रि रेडिकलसँग लड्न सहयोग गर्छ जसले गर्दा मुटुको समस्या, क्यान्सर तथा चाँडै बुढ्यौलीपन देखिने समस्याको निवारण गर्छ । डायबिटिज लागेका मानिसको इन्सुलिनको तह केराको फूलको सेवनबाट घटाउन सकिन्छ ।

केराको फूलमा धेरै मात्रामा म्याग्नेसियम पाइन्छ जसले मानिसको चिन्ताहरूलाई कम गरी छिट्टै मुड बदल्न सक्ने हुँदा प्राकृतिक रूपमा डिप्रेसनलाई कम गर्छ । केराको फूल खाँदा पेट हल्का हुने हुँदा फूलेको, दुखेको पेट तथा ग्यास्ट्रिक र एसिडिटिको समस्या पनि समाधान गर्छ । केराको फूलमा धेरै मात्रामा आइरन हुन्छ जसले रगतमा हेमोग्लोबिनको मात्रा बढाएर एनेमिया हुनबाट बचाउने काम गर्छ ।

अनियमित महिनावारी हुने महिलाहरू लागि केराको फूल खाँदा महिनावारि नियमित हुनुका साथै अत्यधिक मात्रामा हुने रत्कश्राफलाई पनि कम गर्छ । आयुर्बेद अनुसार स्तनपान गराउने आमाहरूका लागि केराको फूलले दूध बढाउन मद्दत गर्ने हुँदा केराको फूल खाँदा स्तनपान गराउने आमालाई उपयुक्त हुन्छ ।

Loading...