fbpx

स्वास्थ्य सहायकको भरमा जिल्ला अस्पताल

सोलुखुम्बु २१ कात्तिक । सोलुखुम्बुको सदरमुकाम फाप्लुमा रहेको जिल्ला अस्पतालका सबै डाक्टरहरु सरुवा भएपछि विरामीहरु मर्कामा परेका छन् ।

समायोजनसँगै सबै डाक्टरहरुले अस्पताल छोडेका हुन् । अस्पतालमा कार्यरत डाक्टर रमिन महर्जनले पनि सोमबार जिल्ला छोडेपछि अस्पताल डाक्टरविहीन बनेको हो ।

जिल्ला अस्पताल अहिले करारका स्वास्थ्य सहायकले सञ्चालन गरिरहेका छन् । एक जना डाक्टरपनि नभएपछि सामान्य बिरामीहरुपनि उपचारको लागि अन्यत्र धाउनु पर्ने बाध्यता भएको छ । दैकि ७० जनासम्मले सेवा लिने सो अस्पतालमा अहिले बिरामीहरु आउनै छोडेका छन् ।

एउटा पनि डाक्टर नहुँदा समस्या भएपछि चिकित्सको व्यवस्था गरिदिन प्रदेश नम्बर १ को मख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्र पठाइएको प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले बताए । तर प्रदेश सरकारले पत्रको जवाफ दिएको छैन् ।

Loading...