fbpx

चीनमा अनलाइन गेम खेल्न कर्फ्यु

विराटनगर २१ कात्तिक । चीन सरकारले बालबालिकाहरुमा रहेको भिडियो गेमको लत हटाउन कर्फ्यु लगाउने घोषणा गरेको छ ।

चीनमा १८ वर्षभन्दा कम उमेरका बालबालिकाहरुलाई राती १० बजेदेखि विहान ८ बजेसम्म अनलाइन गेम खेल्न प्रतिबन्ध लगाइएको छ । उनीहरुलाई हप्तामा ९० मिनेट र छुट्टीको दिन ३ घण्टासम्म मात्र अनलाइन गेम खेल्न अनुमति रहेको छ । चीन सरकारले भिडियो गेमको लत हटाउन यस्तो नियम बनाएको जनाएको छ ।

अधिकारीहरुले गेम खेल्ने लत बच्चाको स्वास्थ्यको लागि हानिकारक भएको बताए । चीन विश्वकै भिडियो गेमको ठुलो बजारको रुपमा परिचित छ । सरकारले मंगलबार जारी गरेको निर्देशनमा नाबालिगले भिडियो गेमको लागि गर्न पाउने खर्चको समेत सीमा तोकेको छ ।

८ वर्षदेखि १६ वर्षसम्मका बालबालिकाले प्रतिमहिना २९ डलर मात्रै गेमको लागि खर्च गर्न पाउने छन् । १६ वर्षदेखि १८ वर्षसम्मकाले ५८ अमेरिकन डलर खर्च गर्न पाउने छन् ।

Loading...