fbpx

अमिताभको पर्दामा ५० वर्ष पुरा

विराटनगर २१ कात्तिक । बलिबुड महानायक अमिताभ बच्चनको पहिलो फिल्म रिलिज भएको ५० वर्ष पुरा भएको छ । ७ नोभेम्बर सन् १९६९ मा उनको पहिलो फिल्म ‘सात हिन्दुस्तानी’ रिलिज भएको थियो ।

अग्रज लेखक तथा निर्देशक ख्वाजा अहमद अब्बासको यो फिल्ममा दुब्लो पातलो एक नयाँ अनुहार ‘अमिताभ बच्चन’ देखिएका थिए । टिनु आनन्दलाई लिने तय भएको फिल्मको सो रोलमा उनले समय नदिएपछि अमिताभलाई राखिएको थियो । ख्वाजा अहमदले उनको आत्मविश्वास देखेर सो रोल दिएको बताए ।

ख्वाजालाई ‘सात हिन्दुस्तानी’को लागि एकजना दुब्लो पातलो र आकर्षक युवाको खोजी भइरहेको बेला बलिबुडमा भाग्य परीक्षण गर्न निस्केका अमिताभ फेला परेका थिए । १५ फेब्रुअरीमा साइन गरेको अमिताभको पहिलो फिल्म रिलिज भने ७ नोभेम्बर १९६९ मा रिलिज भएको थियो । पोर्तुगलको नियन्त्रणमा रहेको गोवालाई मुक्त गर्ने आन्दोलनको विषयमा फिल्म सात हिन्दुस्तानी बनाइएको थियो ।

अमिताभले सो फिल्ममा बिहारका एक मुस्लिम युवा अनवर अलीको भुमिका निभाएका थिए । पहिलो फिल्मबाटै अमिताभको भरपुर तारिफ भएको थियो । अभिनयको तारिफ भएपनि सायद कसैले सोचेको थियो होला यस्तो दुब्लो, पातलो  ‘लम्बु’ कुनैदिन सुपरस्टार बनेर बलिबुडमा राज गर्छ भनेर ।

Loading...