fbpx

अन्नपूर्ण हाम्रो गोल्डकपमा गोर्ख ब्वोइज र चर्च ब्वोइजको प्रतिस्पर्धा हुँदै

विराटनगर २१ कात्तिक । झापाको विर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप प्रतियोगिताअन्तर्गत बिहीबार हुने चौथो क्वार्टरफाइनल खेलमा गोर्खा ब्वाइज रुपेन्देही र चर्च ब्वाइज काठमाडौंबीच प्रतिस्पर्धा हुँदैछ ।

डोमालाल राजवंशी रंगाशालामा जारी प्रतियोगिताको खेल दिउँसो ३ बजेदेखि सुरु हुने आयोजनकले जनाएको छ । बुधबारको खेल जित्दै त्रिभूवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । तेस्रो क्वार्टरफाइनल खेलमा आर्मीले भारतको आसामिस क्लब मोलवेविरुद्ध २–० गोलको जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

यसअघि नेपाल पुलिस क्लब र भारतीय टोली सिक्किम आक्रामक क्लबले सेमीफाइनलमा स्थान बनाइसको छन् । विभागीय टोली सशस्त्र प्रहरीको एपीएफलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो भने सिक्किमले बेलबारी ११ लाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।

जायन स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल कात्तिक २५ गते हुने छ । प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार रुपैयाँ र उपविजेताले ६ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । खेलको प्रत्यक्ष प्रशारण (लाइभ) कोशी अनलाइनले गर्ने छ ।

Loading...