fbpx

उपनिर्वाचनको लागि आज उम्मेद्वारी दर्ता

काठमाडौ २१ कात्तिक । मंसिर १४ गते हुने उपनिर्वाचनको लागि बिहीबार उम्मेदवारी दर्ताको लागि समय तोकिएको छ । निर्वाचन आयोगले बिहीबार(आज) बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारले सम्बन्धित जिल्लामा मनोनयन पत्र दर्ता गराउने समय तोकेको हो ।

प्रतिनिधि सभा सदस्य पदको लागि कास्की क्षेत्र नम्बर २ र प्रदेशसभा सदस्य पदको लागि दाङ, बाग्लुङ र भक्तपुरमा मनोनय दर्ता हुने छ । मनोनय दर्ताको लागि सम्बन्धित जिल्लाको निर्वाचन अधिकृतको कार्यालयमा पुग्नु पर्ने आयोगले जनाएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवारको सुची आजै दिउँसो ३ बजे निर्वाचन कार्यालयले सार्वजनिक गर्ने छ ।

शुक्रबार उम्मेदवारको नाममा केही दाबी विरोध भए उजुरी दिने र शनिबार उजुरीमाथि छानविन गरि नामावली प्रकाशन गर्ने तय भएको छ । स्थानीय तहको लागि भने २७ कात्तिकलाई मनोनयन दर्ताको मिति तोकिएको छ ।

Loading...