fbpx

पत्रपत्रिकामा देश : सेटिङमा घरमै उत्तरपुस्तिका पुर्याएर लेख्दै त्रिविको परीक्षा पास

विराटनगर २१ कात्तिक । त्रिभुवन विश्वविद्यालयले परीक्षा दिइसकेको विद्यार्थीसँग घुस लिएर उत्तरपुस्तिका साट्ने गरेको खुलेको नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।

उदयपुरको त्रियूगा जनता बहुमुखी क्याम्पसका प्रशासन सहायक तेजनारायण चौधरी र परीक्षा नियन्त्रण कार्यालय बल्खुका लेखा अधिकृत कमल दाहालले घुस लिएर उदयपुरका दुई छात्रालाई पास गराएको पाइएको हो । यो घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । यसमा संलग्न दाहाल र चौधरीलाई अख्तियारले नियन्त्रणमा लिएको छ ।

एक छात्राले स्नातक तह शिक्षा संकायमा दोश्रो वर्षको करिकुलम एण्ड इभ्यालुएसनको र अर्की विद्यार्थीको पनि स्नातक तहकै व्यावस्थापन संकयको परीक्षामा मिलेमतोमा पास गराइएको हो ।

यस्तो कार्यमा गिरोह नै सकृय भएको आशंका अख्तियारको रहेको छ । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले आयोगले अनुसन्धान गरिरहेको भन्दै अनुसन्धानपछिमात्रै थप जानकारी दिन सकिने बताए ।

भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भुभाग कालापानीलाई पनि भारतको देखाएपछि देशभर विरोध सुरु भएको छ । सत्तारुढ नेकपाकै विद्यार्थीहरुले गो ब्याक इन्डिया अभियान नै सुरु गरेका छन् । यस्तै नेपालले कालापानी नेपाली भुभाग भएको जनाएको छ । यो समाचारलाई धेरै पत्रिकाहरुले मुख्य समाचार बनाएका छन् ।

कान्तिपुर दैनिकले भारतको नयाँ नक्सालाई लिएर तीव्र विरोध भएपछि नेपालको प्रस्टीकरण कालापानी नेपालकै भुभाग हो शिर्षकमा मुख्य समाचार छापेको छ । नयाँ पत्रिका दैनिकमा नेपाल बोल्यो कालापानी हाम्रो हो शिर्षकमा मुख्य समाचार छ । कालापानीमा भारतीय आक्रमण सर्वसाधारण आक्रोशित शिर्षकमा नागरिक दैनिकको मुख्य समाचार छ ।

भारतको नयाँ नक्सामा सुगौली सन्धिले सीमानदी मानेको कालीनदी सहित कालापानी स्पष्ट रुपमा भारतमा देखाएको छ । सत्तारुढ नेकपाकै विद्यार्थीहरु प्रदर्शमा उत्रिदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने मौन रहेको तर नेविसंघ भने सडकमा रहेको नयाँपत्रिका दैनिकले छापेको छ । विद्यार्थीहरुले लिपुलेक, कालापानी लगायतका मिचेको भुभाग भारतको नक्साबाट हटाउन माग गरे ।

प्रदेश २ मा आफ्नै गुप्तचर शिर्षकमा मुख्यपृष्ठमा कान्तिपुर दैनिकमा समाचार छ । संघले भन्दा अघि विधेयक ल्याएको प्रदेश २ सरकारले गुप्तचरसमेत नियुक्त गर्नेगरि छुट्टै अनुसन्धान व्युरो गठन गर्न लागेको छ । यसका लागि आवश्यक विधेयकसमेत तयार पारिएको छ ।

हाल मुख्यमन्त्री कार्यालयको विधान समितिमा पुगेको विधेयक छिट्टै प्रदेश सभामा दर्ता गराउने सरकारको योजना रहेको छ । प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार पारेको प्रदेश अनुसन्धान ब्युरोको सम्बन्धमा बनेको विधेयक कार्यव्यवस्थ समितिबाट पास भइसकेको मन्त्री ज्ञानेन्द्र यादवले बताए ।

Loading...