fbpx

बायर्नको जितमा लेवान्डोस्की र पेरिसिकको गोल, विजयी यात्रा कायमै

विराटनगर, २१ कात्तिक । युरोपकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा जर्मन क्लब बायर्न म्यूनिखले जित निकालेको छ । बुधबार राति भएको समूह चरणको चौथो खेलमा बायर्नले ग्रीक क्लब ओलिम्पिकाओसविरुद्ध २–० गोलको जित निकालेको हो ।

aa

आफ्नै मैदानमा भएको उक्त खेलमा पाहुना टोलीलाई हराउन रोबर्ट लेवान्डोस्की र इभान पेरिसिकले समान एक–एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको दोस्रो हाफमा बायर्नले गोल गरेको हो ।

लेवान्डोस्कीले खेलको ६९औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाउँदा पेरिसिकले ८९औं मिनेटमा गोल गर्दै टोलीलाई २–० गोलले जिताए । यस जितसँगै समूह ‘बी’को शीर्ष स्थानको बायर्नले १२ अंक बनाएको छ । उसले जारी लिगमा आफ्नो विजयी यात्रा कायमै राखेको छ । च्याम्पियन्स लिगमा उसले ४ वटै खेलमा जित निकालेको छ ।

Loading...