fbpx

सिटीको अप्रत्याशित बराबरी, ब्राभोलाई रातो कार्ड

विराटनगर, २१ कात्तिक । युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेष्टर सिटी बराबरीमा रोकिएको छ । बुधबार राति भएको समूह चरणको चौथो खेलमा सिटी अमेरिकन क्लब एटलान्टासँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

एटलान्टाको घरेलु मैदानमा भएको उक्त खेलमा सिटीले अग्रता बनाएको थियो । सिटीका रहीम स्टर्लिङले खेलको सातौं मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए । तर, खेलको ४९औं मिनेटमा एटलान्टाका मारियो पासालिकले गोल गरपछि खेल बराबरी अवस्थामा आयो ।

खेलको ८१औं मनिेटमा सिटीका क्लाउडियो ब्राभोले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सिटी १० खेलाडीमा सीमित बन्न पुग्यो । बाँकी रहेको समयमा दुवै टोलीले गोल गर्न नसक्दा सिटी र एटलान्टा दुवैले १–१ अंक बाँडे ।

यस जितसँगै समूह ‘सी’को शीर्ष स्थानको टोली सिटीले १० अंक बनाएको छ । यस्तै सो समूहको पुछारमा रहेको एटान्टाले पनि एक अंक बनाएको छ । ऊ यसअघि अंकबिहीन थियो ।

Loading...