fbpx

अवे मैदानमा टोटनह्यामको शानदार जित

विराटनगर, २१ कात्तिक । युरोपकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा साबिकको विजेता क्लब टोटनह्याम हटस्परले शानदार जित निकालेको छ । बुधबार राति भएको समूह चरणको चौथो खेलमा टोटनह्यामले सर्बियन क्लब क्रेभेना ज्भेज्दाविरुद्ध ४–० गोलको जित निकालेको हो ।

dg

अवे मैदानमा भएको उक्त खेलमा पाहुना टोली टोटनह्यामलाई जिताउन सन् हिउङ–मिनले २ गोल गर्दा जियोभानी लो सेल्सो र क्रिस्टियन इरिक्सनले समान एक–एक गोल गरे । टोटनह्यामले खेलको ३४औं मिनेटमा सेल्सोको गोलमा अग्रता बनाएको थियो ।

यस्तै खेलको ५७औं मिनेटमा र ६१औं मिनेटमा हिउङ–मिनले गोल गर्दै टोलीको अग्रता तेब्बर बनाएका थिए । त्यसपछि खेलको ८५औं मिनेटमा इरिकसनले गोल गर्दै टोटनह्यामलाई ४–० गोलको शानदार जित दिलाए ।

यस जितसँगै समूह ‘बी’को टोटनह्यामले ७ अंक बनाएको छ भने पराजित ज्भेज्दा ३ अंकसहित सो समूहको तेस्रो स्थानमा छ ।

Loading...