fbpx

च्याम्पियन्स लिग : १० खेलाडीमा सीमित बायरले एथ्लेटिको मड्रिडलाई हरायो

विराटनगर, २१ कात्तिक । युरोपियन च्याम्पियन्स लिगमा एथ्लेटिको मड्रिडले हार ब्यहोरेको छ । बुधबार राति भएको समूह चरणको चौथो खेलमा एथ्लेटिकोले जर्मन क्लब बायर लिभरकुसेनविरुद्ध २–१ गोलको हार ब्यहोरेको हो ।

बायरकै घरेलु मैदानमा भएको उक्त खेलमा १० खेलाडीमा सीमित बायरले एथ्लेटिकोलाई हराएको हो । बायरको जितमा केभिन भोलान्डले एक गोल गरे भने एक आत्मघाती गोल उपहारमा पाएको थियो । बायरले आत्मघाती गोलबाट अग्रता बनाएको थियो ।

एथ्लेटिकोका थोमस पार्टीले खेलको ४१औं मिनेटमा आफ्नै पोस्टमा गोल गरेपछि उसले अग्रता बनाएको हो । यस्तै खेलको ५५औं मिोटमा भोलान्डले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । तर, खेलको ८४औं मिनेटमा घरेलु टोलीका नदिम अमिरीले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बायर १० खेलाडीमा सीमित बन्न पुग्यो ।

त्यसको फाइदा उठाउँदै एथ्लेटिकोका लागि अल्भारो मोरोटाले एक गोल फर्काए । उनले खेलको इन्जुरीमा गोल गरेपनि ऊ घरेलु टोलीविरुद्ध स्तब्ध बन्यो । यस जितसँगै समूह ‘डी’को बायरले ३ अंक बनाएको छ । यता, एथ्लेटिको भने ७ अंकसहित दोस्रो स्थानमा यथावत छ ।

सो समूहमा इटालियन क्लब युभेन्टस १० अंकसहित शीर्ष स्थानमा छ भने लोकोमोटिभ मस्को ३ अंकसहित तेस्रो स्थानमा छ ।

Loading...