fbpx

गालातासरेको पोस्टमा रियल मड्रिडको आधा दर्जन गोल, रोड्रिगोको ह्याट्रिक

विराटनगर, २१ कात्तिक । युरोपकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा उपाधि दाबेदार मानिएको क्लब रियल मड्रिडले फराकिलो जित निकालेको छ । बुधबार राति भएको समूह चरणको चौथो खेलमा रियलले टर्किस क्लब गालातासरेविद्ध ६–० गोलको जित निकालेको हो ।

आफ्नै मैदान बर्नाबेउमा भएको उक्त खेलमा रियललाई जिताउन रोड्रिगोले ह्याट्रिक गरे भने करिम बेन्जेमाले २ तथा सर्जियो रामोसले एक गोल गरे । रियलले खेलको चौथो मिनेटमबाट नै अग्रता बनाएको थियो । रोड्रिगोले खेलको चौथो मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

यस्तै खेलको सातौं मिनेटमा रोड्रिगोले दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको १४औं मिनेटमा रियलले पेनाल्टी प्रहार गर्ने मौका पायो, जसमा कप्तान रामोसले त्यसलाई गोलमा परिणत गरे । यस्तै खेलको ४५औं मिनेटमा बेन्जेमाले गोल गरेपछि पहिलो हाफभरि रियलले ४–० गोलको अग्रता बनाएको थियो ।

यस्तै दोस्रो हाफमा उसले २ गोल थप्यो । करिम बेन्जेमाले खेलको ८१औं मिनेटमा गोल गर्दै टोलीलाई फराकिलो अग्रता दिलाएका थिए । यस्तै खेलको इन्जुरी समयमा रोड्रिगोले ह्याट्रिक पूरा गर्दै टोलीलाई ६–० गोलको फराकिलो जित दिलाएका थिए ।

यस जितसँगै समूह ‘ए’ को रियलले ७ अंक बनाएको छ । पराजित गालातासरे भने १ अंकसहित सो समूहको पुछारमा छ ।

Loading...