fbpx

आलमको बयान अझै सकिएन

रौतहट २० कात्तिक । राजपुर बम विस्फोट काण्डका आरोपित निलम्बित सांसद मोहम्मद अफताव अलामको बयान दोश्रो दिन बुधबार पनि सकिएन् ।

साबिक राजपुर फरदहवा गाविस ४ स्थित पूर्व मन्त्री शेख इद्रिसको गोठमा भएको बम विस्फोटको घटनामा कर्तव्य ज्यानसहित तीनवटा अभियोगमा पक्राउ परेका पूर्वमन्त्री तथा कांग्रेस नेता आलमलाई बुधबारको बयानमा २३ वटा प्रश्न गरिएको थियो । उनले बयानको क्रममा घटना नै नभएको बयान दिएका छन् ।

राजपुरमा २७ चैत्र २०६४ मा भएको बम विस्फोटमा परि घाइते भएका सरुअठाका त्रिलोकप्रता सिंह र ओसी अख्तरलाई जिउँदै चिम्नीभट्टामा हालेको र केही सख्त घाइते भएको भन्दै आलममाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ भण्डारणको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

उनलाई तीन अभियोग लगाएर जन्मकैदसहित जिल्ला सरकारी वकिलको कार्यालयले अभियोग पत्र दर्ता गरे पछि जिल्ला अदालत गौरमा मंगलबारदेखि निरन्तर बयान लिइँदै छ । बयान अझै बाँकी रहेपछि आलमलाई पुनः जिल्ला प्रहरी कार्यालयको हिरासतमा पठाइएको छ । उनलाई भोली (बुधबार) फेरी बयानको लागि बोलाइएको छ ।

Loading...