fbpx

घाँस काट्दा भीरबाट लडेर एकको मृत्यु

इलाम २० कात्तिक । इलाममा घाँस काट्न गएका एक जनाको भीरबाट लडेर मृत्यु भएको छ । इलामको माइजोगमाई गाउँपालिका ५ सोयाङका ६२ वर्षीय टेकबहादुर खड्काको बुधबार बिहान करिब ११ बजे घाँस काट्नेक्रममा लडेर मृत्यु भएको हो ।

घर छेउमा जंगलमा डोको बोकेर घाँस काट्दै गर्दा भीरबाट लडेका टेकबहादुरको घटनास्थलमै मृत्यु भएको हो । घाँस काट्न गएका खड्काको शव भेटिएको माइजोगमाई–५ का वडाध्यक्ष दाताराम सञ्जेलले बताए । खड्काको शव पोष्टमार्टको लागि जिल्ला अस्पताल इलाम ल्याइएको छ ।

Loading...