fbpx

रामधुनीको सामाजिक परिक्षण सुरु

इनरुवा २० कात्तिक । सुनसरीको रामुधनी नगरपालिकामा आर्थिक वर्ष २०७५/०७६ को सामाजिक परिक्षण सुरु गरिएको छ ।

साझेदारी नेपाल सुनसरीको सहजिकरण र आयोजना तथा रामधुनी नगरपालिकाको सहयोगमा सामाजिक परिक्षण कार्यक्रम सुरु भएको छ । नयाँ संरचना पछि पहिलो पटक सामाजिक परिक्षण कार्यक्रम सुरु भएको नगर प्रमुख जयप्रकाश चौधरीले बताए ।

नगरको सुशासन, पारदर्शिता, जवाफदेहिता, विधिको शासन कार्यान्वयन, जनसहभागिता र नागरिकको सेवा प्रतिको सन्तुष्टि सहितको विवरण संकलन गर्ने र प्रतिवेदन तयार गर्ने गरी बुधबारबाट सामाजिक परिक्षण कार्यक्रम सुरु भएको नगर प्रमुख चौधरीले बताए ।

सामाजिक परिक्षण कार्यक्रमको प्रारम्भमा नगरपालिका स्तरीय सामाजिक परिक्षण परिचालन समितिको बैठक तथा सरोकारबालाहरुसंगको अन्तरकृया कार्यक्रम मंगलबार सम्पन्न गरेको साझेदारी नेपालका कार्यक्रम संयोजक मिना साहले बताइन् ।

कार्यक्रममा जनताको सन्तुष्टी सर्वे, शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, महिला बालबालिका, जेष्ठ नागरिक, भौतिक पूर्वाधार, सरसफाई, बालमैत्री, लक्षित वर्ग, सामाजिक अवस्था, गैरसरकारी संस्थाको काम कारवाही लगायतका विषयमा अध्ययन गरि सुझाब आयोजकलाई दिएको थियो ।

Loading...