fbpx

स्कूल प्रिन्स एण्ड प्रिन्सेसको फाइनल शनिबार

विराटनगर २० कात्तिक । स्कूल प्रिन्स एण्ड प्रिन्सेस् मोरङ २०१९ कोे फाइनल यही शनिबारको लागि तय गरिएको छ । फाइनल विराटनगरस्थित वीरेन्द्र सभागृहमा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनमा २७ जना सहभागी छन् ।

हाउस अफ मिडिया एण्ड ईन्टरटेण्टमेन्टको आयोजनामा सुरु भएको प्रतियोगितामा सहभागीहरु बन्द प्रशिक्षणमा छन् । विभिन्न विषयमा उनीहरुलाई विज्ञहरूबाट व्यक्तित्व विकासदेखि ¥याम्प, सामाजिक कार्यको बारेमा जानकारी दिइँदै छ ।

प्रतियोगिताको विजेताले ३० हजार रुपैयाँ, जीवन विमाका साथै विभिन्न उपहार प्राप्त गर्नेछन् । फस्ट र सेकेण्ड रनरअपले क्रमशः १६ हजार र १२ हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजक संस्थाका प्रबन्ध निर्देशक अर्जुन श्रेष्ठले जानकारी दिए ।

Loading...