fbpx

रवीन्द्रको जन्मस्थानबाट विद्याको निर्वाचन अभियान शुरू हुने

पोखरा २० कात्तिक । उप–निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट उम्मेदवार विद्या भट्टराईले निर्वाचन अभियान स्व.मन्त्री रवीन्द्र अधिकारीको जन्मस्थान पोखरा महानगरपालिका वडा नम्बर ३३ भरतपोखरीबाट शुरू गर्ने भएकी छिन् ।

स्वर्गीय अधिकारीकी धर्मपत्नी विद्याले रवीन्द्रले बाल्यकाल बिताएको र राजनीति सुरु गरेको ठाउँबाटै  निर्वाचन अभियान सुरु गर्न लागेकी हुन् । मंसिर १४ गते उपनिर्वाचनको लागि कास्की क्षेत्र नं. २ बाट प्रतिनिधि सभा उम्मेदवार रहेकी विद्याले स्थानीयसँग अन्तरक्रिया र भेटघाट गरेर अभियानको आरम्भ गर्ने नेकपा कास्कीका निर्वाचन उम्मेदवार व्यवस्थापन समितिका संयोजक धनराज आचार्यले जानकारी दिए ।

यसअघिका तीनवटा निर्वाचनमा विजयी रवीन्द्रको हेलिकप्टर दुर्घटनामा निधन भएपछि सोही क्षेत्रको उपनिर्वाचनमा नेकपाले विद्यालाई उम्मेदवार बनाएको हो ।

Loading...