fbpx

उपनिर्वाचनको लागि धनपालथानमा कार्यालय स्थापना

विराटनगर २० कात्तिक । आगमी १४ मंसिरमा हुने उपनिर्वाचनको लागि मोरङको धनपालथान गाउँपालिकाको भवनमा निर्वाचन कार्यालय स्थापना गरिएको छ ।

निर्वाचन कार्यालय बुधबारदेखि नै सञ्चालनमा समेत आएको छ । धनपालथान गाउँपालिकाको वडा नम्बर २ मा वडाअध्यक्षको पदमा निर्वाचन हुने छ ।

उपनिर्वाचनको लागि २ नम्बर वडा कार्यालय भवन अमाहिबरियाती र जनता मावि मजैबरियातीलाई मतदानस्थल तोकिएको छ । उप निर्वाचनको लागी जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ ।

न्यायाधीश अधिकारी र मोरङका प्रहरी प्रमुख विश्व अधिकारीको उपस्थितीमा निर्वाचन कार्यालय उद्घाटन गरिएको हो । निर्वाचन कार्यालय सुरक्षाको लागि प्रहरी सहयाक निरीक्षकको कमाण्डमा ५ जनाको सुरक्षा टोली समेत खटाइएको छ ।

Loading...